राजनीतिक यात्रा
बहादुर सिंह लामाको राजनीतिक यात्रा
जनसेवा, नेतृत्व र राजनीतिक यात्राका महत्वपूर्ण चरणहरू
नेपाल विद्यार्थी संघको सदस्य
उच्च शिक्षाका लागि काठमाडौं आएपछि वि.सं. २०४३ सालमा नेपाल विद्यार्थी संघको सदस्य चयन हुनुभयो।
नेविसंघ नुवाकोट क्षेत्रीय सभापति
वि.सं. २०४५ सालमा नेपाल विद्यार्थी संघ नुवाकोट क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभयो। त्यसपछि नेविसंघ नुवाकोट जिल्ला उपसभापतिको जिम्मेवारी सम्हाल्नुभयो।
मनकामना गाउँ विकास समितिको अध्यक्ष
वि.सं. २०५४ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन मनकामना गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित हुनुभयो।
नेपाली कांग्रेस केन्द्रीय सदस्य
नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो। त्यसपछि नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित हुनुभयो।
पहिलो संविधानसभा निर्वाचन
वि.सं. २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभयो।
दोस्रो संविधानसभा निर्वाचनमा विजय
वि.सं. २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नुवाकोट निर्वाचन क्षेत्र नं. ३ बाट भारी मतले विजयी हुनुभयो।
प्रतिनिधिसभा सदस्य निर्वाचित
वि.सं. २०७४ सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो।
बागमती प्रदेशसभा सदस्य
वि.सं. २०७९ सालमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो।
आर्थिक मामिला तथा योजना मन्त्री
वि.सं. २०७९ चैत २६ गते बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो।
बागमती प्रदेशको मुख्यमन्त्री
वि.सं. २०८१ साउन ८ गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभयो।